Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले चितवनको जिल्ला अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन, आजै सपथ हुने

नेकपा एमाले चितवनको जिल्ला अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन, आजै सपथ हुने

इच्छाकामना न्युज

२६, माघ २०७८
नेकपा एमाले चितवनको जिल्ला अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन, आजै सपथ हुने
images

चितवन, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

images
images

लामो समयपछि आज जिल्ला नेतृत्वको टुंगो लागेको एमाले स्रोतले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ ।

आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । ६ जना एकता प्रकृया र ६ जना मनोनितसहित १३२ जना जिल्ला सदस्यको नै टुंगो लागेको जनाइएको छ । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना गरिएको छ ।

पुस २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनले एक महिनापछि नेतृत्व दिन सफल भएको हो । अधिवेशनपछि जिल्लाका धेरै नेता कार्यकर्ता कोरोना संक्रमित र पार्टी पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीका पिताको मृत्यु भएका कारण अधिवेशनको नेतृत्व चयनका काम रोकिएको थियो । पुनः सोमबारबाट छलफल गरेर आज (बुधबार) जिल्ला नेतृत्वको टुंगो लगाइएको छ ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०८:५१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology