Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !

एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !

images

इच्छाकामना न्युज

२५, माघ २०७८
एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !
images

काठमाडौं, २५ माघ । प्रमुख विपक्षी दल एमालेका सांसदहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोल्न हिच्किचाएका छन् । बोल्दा विवादित हुने डर उनीहरूमा देखिएको छ । संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै एमसीसीसम्बन्धी बहस भने चर्किएको छ । 

यहीबेला सोही पार्टीका सांसदहरू तीर्था गौतम (रुकुम), वसन्तकुमार नेम्बाङ (पाँचथर) र भूमिप्रसाद त्रिपाठी (धादिङ)ले एमसीसीबारे बोल्नै चाहेनन् । सांसद गौतमले भनिन्, ‘अहिल्यै एमसीसीबारे बोल्न मन छैन । बोल्नै परे पनि पास भएपछि बोलौंला । अहिले बोल्दा विवादित हुन्छु होला ।’

उनलाई न्युज कारखानाकर्मीले सोधेको थियो, ‘एमसीसी परियोजना के हो ? यसले राष्ट्र हित वा अहित के गर्छ ? हित गर्छ भने कसरी ? गर्दैन भने कसरी ? 
गौतमले यसबारे विवादित हुन सक्ने भन्दै नबोलेपछि पाँचथरे सांसद नेम्बाङलाई सोध्दा उनले पनि बोल्न चाहेनन् । 

यसपछि सांसद त्रिपाठीलाई सोध्दा उनले अहिलेको एमसीसीबारे छलफलभन्दा पनि पहिले १४ सांसदलाई कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् खुलाउने वातावरण बनाउनु पर्ने बताए । ‘अहिले एमसीसीबारे बहस गर्ने बेला होइन । हाम्रो एजेण्डा थाहै छ तपाईंहरूलाई कि हामी संसद् खुलाउन सभामुखले हामी (एमाले) ले कारबाही गरेका सांसदहरूलाई पदमुक्त गराउन माग गर्दै आएका छौँ । होइन भने राजीनामा दिनुपर्ने भन्दै आएका छौँ । त्यही भएर एमसीसीले हित गर्छ गर्दैन भन्ने बहस नगरौँ,’ सांसद त्रिपाठीले भने ।

सरकारदेखि बाहिएपछि एमालेले एमसीसी अनुमोदन गर्ने पक्ष की विपक्षमा भन्ने स्पष्ट पारेको छैन । सरकारमा रहँदा भने एमालेको जोड अनुमोदन गराउनु पर्नेमा थियो । 
 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १९:४९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology