Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

इच्छाकामना न्युज

२५, माघ २०७८
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

आँबुखैरेनी, २५ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट प्रहरीले अवैध लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। प्रहरी चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

images

पक्राउ पर्नेहरुमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ९ बस्ने १९ वर्षका रन्जन अलि र बेनि नगरपालिका ५ बस्ने २२ वर्षका शिशिर बोहोरा (सार्की) रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। प्रहरीले उनीहरुको साथबाट नुफिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल, फेनरागन २५ एम्पुल बरामद गरेको छ। 

यस्तै पक्राउ परेकाहरुलाई तनहुँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा दिन १० को म्याद थप लिई थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १९:०१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology