Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हेटौंडामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

२४, माघ २०७८
हेटौंडामा सवारी दुर्घटनामा एक जनाको मृत्यु
images

काठमाडौं, २४ माघ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन् ।

सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग१ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - २०:३२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology