Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रत्ननगरमा राप्रपाको नगर पार्टी कार्यालय स्थापना

रत्ननगरमा राप्रपाको नगर पार्टी कार्यालय स्थापना

images

इच्छाकामना न्युज

२४, माघ २०७८
रत्ननगरमा राप्रपाको नगर पार्टी कार्यालय स्थापना
images

चितवन, २४ माघ । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।

नगरपालिकाको १० नं. वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । यसअघि पनि राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको छ ।

राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष गोविन्दप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा प्रदेश सदस्य मधुप भट्टराई, ज्ञानुजंग लामा, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष बलराम खनाल, क्षेत्र नं. १ ख का हरिशरण भट्टराईलगायतको उपस्थिति रहेको राप्रपा भरतपुर महानगर कमिटी संयोजक सुलभ सिग्देलले जानकारी दिए ।

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १८:४५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology