Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

बालुवाटार बैठकमा प्रचण्डले भने- एमसिसीलाई पत्र लेखेको हो

बालुवाटार बैठकमा प्रचण्डले भने- एमसिसीलाई पत्र लेखेको हो

इच्छाकामना न्युज

२३, माघ २०७८
बालुवाटार बैठकमा प्रचण्डले भने- एमसिसीलाई पत्र लेखेको हो

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् । 

images

आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसिसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् । 

सत्तापक्षले एमसिसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो । गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् । आइतबार  बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले आफूले पत्र लेखेको छैन भनेर नभनेको स्वीकार गरेको बताए । 

एमसिसीमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेलाई आग्रह गरेका थिए भने प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न एमालेलाई आग्रह गरेका थिए । संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै दृष्टिकोण हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २०:२१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology