Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बालुवाटार बैठक : एमसिसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह,

बालुवाटार बैठक : एमसिसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह,

images

न्युज कारखाना

२३, माघ २०७८
बालुवाटार बैठक : एमसिसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह,
images

काठमाडौं, २३ माघ । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो ।

बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो । 

बैठकमा स्थानीय तह निर्वाचन, एमसिसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन् । 

एमाले महासचिव शंकर पोखरेलका अनुसार छलफलमा  गठबन्धनका नेताहरुसहित कानुनमन्त्रीसमेत रहेको जानकारी दिए । 

उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विस्तृत रुपमा छलफल गरिएको जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी लगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेको उनले जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए। प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरुमा मिलेर जानु पर्ने धारणा राखेका थिए । 

एमालेले एमसिसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरुले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उनले जानकारी दिए । 

प्रतिनिधि सभाको बैठक सुचारु गराउन आफूहरु तयार रहेको भएपनि सत्ता पक्ष जिम्मेवार नभएको उनले आरोप लगाए । 

'प्रतिनिधिसभामा उपस्थित रहेर भाग लिन चाहन्छौं तर वातावरण बनाउने जिम्मेवारी सत्ता पक्षको हो र सत्तापक्षले सकेको छैन सभामुखका कारण उपस्थित हुन समस्या छ' उनले भने । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - २०:१३:१९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology