Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु

देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु

images

न्युज कारखाना

२३, माघ २०७८
देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु
images

सुधा देव, सप्तरी, २३ माघ । सप्तरीका एक युवकले आफ्नै भाउजूको शरिरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाकाे राजकुमारीकाे श्रीमान रविनकाे आराेप छ । राजकुमारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । 

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा  उपचार भइरहेको थियो ।

उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए ।

 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १९:४७:२५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology