Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता दिइने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता दिइने

images

इच्छाकामना न्युज

२३, माघ २०७८
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ‘ग’ वर्गका अपांगता भएकालाई मासिक पाँच सय भत्ता दिइने
images

लमजुङ, २३ माघ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिका बैठकले माघ महिनादेखि लागू हुनेगरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । 

‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको, तर ग‘’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई पाँच सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

यस्तै सम्बन्धित निकायबाट ख‘’ वर्ग अर्थात नीलो अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरुले सरकारको तर्फबाट मासिक एक हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । अपांगता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन् । अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ । 

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - ०९:५१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology