Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि थापा निर्वाचित

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि थापा निर्वाचित

images

इच्छाकामना न्युज

२०, माघ २०७८
नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि थापा निर्वाचित
images

कुरिनटार, २० माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि बहादुर थापा निर्वाचित भएका छन्। पार्टीको आज भएको भेलाले प्रथम अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापालाई अध्यक्षमा निर्वाचित गरेको हो।

पार्टीको यहि मंसिर ११ गते सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्र इच्छाकामना पार्टी कमिटीका अध्यक्ष प्रताप गुरुङ र उपाध्यक्ष सावित्रा सिलवाल पार्टीकै बागमति प्रदेश कमिटीमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त रहेको पदमा आज पदाधिकारी चयन गरेको हो।

पुनःगठन गरिएको कमिटिको पदाधिकारीहरुमा उपाध्यक्ष राम प्रसाद बोहोरा, तुल बहादुर गुरुङ र सम्झाना खड्का सिलवाल, सचिवमा रामहरी कंडेल, सह–सचिव सरद पोखरेलका साथै कोषाध्यक्षमा ईन्द्र माया मगरलाई चयन गरेको छ। 

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:५३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology