Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको भिमसेन थापा गाउँपालिकाको सामुदायिक विद्यालयमा बराम भाषामा पठनपाठन सुरु गर्ने

गोरखाको भिमसेन थापा गाउँपालिकाको सामुदायिक विद्यालयमा बराम भाषामा पठनपाठन सुरु गर्ने

images

इच्छाकामना न्युज

२०, माघ २०७८
गोरखाको भिमसेन थापा गाउँपालिकाको सामुदायिक विद्यालयमा बराम भाषामा पठनपाठन सुरु गर्ने
images

गोरखा, २० माघ ।  गोरखाको भिमसेन थापा गाउँपालिकामा बराम भाषमा पढाई हुने भएको छ । वडा नम्बर १ स्थित कनकामना आधारभुत विद्यालयमा आउँदा सातादेखि पढाई सुरु हुने प्रधानाध्याक यामप्रसाद भट्टले बताए ।

गाउँपालिकाले मातृभाषमा पठनपाठन गराउन छुट्टै शिक्षक ब्यवस्थापक गरेपछि विद्यालय मंगलवार शिक्षक छनौट गरेको हो । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले ऐच्छिक विषयको रुपमा बराम भाषामा पढ्नेछन् । ‘अहिले हामीसँग बराम भाषमा पढ्ने ४० जना विद्यार्थी छन्’ प्रअ भट्टले भने ‘बिहान कि बेलुकीको सिफ्ट पारेर पढाउने भन्ने छलफल गर्दैछौँ ।’

कक्षा एक देखि आठ सम्म विद्यालयमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । नियमित कक्षामा असर नपर्ने गरी विद्यार्थीलाई भाषा कक्षा पढाउने उनले बताए । अहिले सबै तहकालाई एउटै कक्षामा राखेर पढाईन्छ । बिनिका बरामलाई शिक्षक छनौट गरिएको र विद्यालय ब्यवस्थापन समितिको बैठक बसेर नियुक्त गरेपछि बराम भाषका कक्षा सुरु हुने विद्यालयले जनाएको छ ।

‘पाठ्यपुस्तक पनि ल्याईसकेका छौँ’ प्रअ भट्टले भने । संस्कृत भाषा र बराम भाषामा पढाई सुरु गर्ने गरी गाउँपालिकाले कार्यक्रम तय गरेको अध्यक्ष इश्वर पाण्डेले बताए । ‘गाउँपालिका भित्र सबै जातजाती, भाषाभाषी सबैको संस्कृती परम्पराको संरक्षण गर्ने योजना छ’ उनले भने ‘लोपउन्मुख जाती बरामको भाषा लोप हुन नदिन र संस्कृतको संरक्षण गर्न यो दुई विषय यो वर्षदेखि सुरु भएको हो ।’

गाउँपालिका भित्रका तामाङ, नेवार, कुमाल लगायत फरक फरक समुदायको भाषा संस्कृतीको संरक्षण गर्ने योजना पनि रहेको उनले बताए । भाषा आयोग र भाषा बिज्ञान बिभागको सहयोगमा बराम भाषाको पाठ्यक्रम देशभर एउटै रहेको जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले बताए । अहिले एक देखि तीन सम्म मात्रै पाठ्यक्रम बनेको छ । कतिपय पालिकाले भने कक्षा ८ सम्मको पाठ्यक्रम पनि बनाएका छन् ।

‘भाषा संस्कृती जोगाउन सक्यो भने त्यो नै हाम्रो पहिचान हो’ जनजाती महासंघका केन्द्रिय अध्यक्ष बरामले भने ‘पहिचान भनेकै हाम्रो भाषा र संस्कृती हो, सबैले यसलाई जोगाउनुपर्छ ।’ इतिहास जोगायो भने भोलीको पुस्तालाई यसबारे थाहा हुने बताउँदै उनले संस्कृती, परम्पराको संरक्षण गर्न पनि मातृभाषाको पढाई हुनुपर्ने, पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस अघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित अन्र्तज्योती माध्यामिक विद्यालयमा बराम भाषमा पढाई हुँदै आएको छ । बराम समुदायको बाक्लो बसोबास रहेको भिमसेन थापा गाउँपालिका मसेल र सँगैको बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोटमा भाषा कक्षा सुरु भएपछि बराम समुदायका अगुवा खुसी छन् । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:१७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology