Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

images

इच्छाकामना न्युज

२०, माघ २०७८
एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा
images

लमजुङ, २० माघ । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ । एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा पहिलो बैठक बस्ने निर्णय गरेको हो । 

पहिलो बैठकले जिम्मेवारी बाँडफाँट, सचिवालय गठनलगायतको निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । अहिले जिम्मेवारी बाँडफाँट नभएकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसँग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष अधिकारीले बताए ।

कोरोना संक्रमण जोखिम रहेकाले उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले तोकेको मापदण्डमा रहेर पार्टीका काम कारवाही अगाडि बढाउन पनि अनुरोध गरेको छ ।

 

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०८:५६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology