Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

images

न्युज कारखाना

१९, माघ २०७८
मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै
images

खड्क सुनार, मुगु, १९ माघ । मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा  गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् । 

अग्नि पीडितले आफ्नो परपम्पराअनुसार  त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।

१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा तामाङ समुदायले एक आपसका सद्धाव प्रेम  साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने  प्रचलन छ । 

साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन् । 

बौद्धधर्मालम्बीहरूको प्रमुख चाडका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पिन मनाइने गरिएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - २०:३०:५३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology