Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अनुचित रुपमा प्रअलाई राजिनामा दिन लगाएको भन्दै देवघाटको सिताराम संस्कृत माविमा पूर्व विद्यार्थीले लगाए ताला

अनुचित रुपमा प्रअलाई राजिनामा दिन लगाएको भन्दै देवघाटको सिताराम संस्कृत माविमा पूर्व विद्यार्थीले लगाए ताला

आशिक राना

९, मंसिर २०७७
अनुचित रुपमा प्रअलाई राजिनामा दिन लगाएको भन्दै देवघाटको सिताराम संस्कृत माविमा पूर्व विद्यार्थीले लगाए ताला
images

देवघाट, ९ मंसिर । चितवनको भरतपुर महानगरपालिका १ देवघाट स्थित श्री सिताराम संस्कृत माध्यामिक विद्यालयमा तालावन्दी भएको छ। शिक्षक छनौटको विषयमा विवाद सृजना गरि अनुचित रुपमा विद्यालयका प्रध्यानाध्यापकलाई राजिनामा गर्न बाध्य बनाएको भन्दै पूर्व विद्यार्थीहरुले आज विद्यालयमा तालावन्दी गरिदिएको हो।
विद्यालयमा रिक्त रहेको अंग्रजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा विवाद सृजना हुदाँ तालावन्दीसम्मको घटना क्रम भएको हो। उक्त रिक्त दरबन्दीमा तनहुँबाट विमला अधिकारी र सन्तोष ढकालका साथै देवचुली नवलपुरबाट राम बहादुर बिश्वकर्मा विद्यालयमा सरुवा भै आउन चाहेका थिए। उनै तीन जना मध्य देवचुली नवलपुरबाट सरुवा भै आउन चाहेका शिक्षक राम बहादुर बिश्वकर्मालाई ल्याउन विद्यालयको शिक्षक छनौट समितिले गत असोज २१ गते छनौट गर्ने निर्णय गरेको थियो। तर छनौट समितिले गरेको सो निर्णय गलत भएकोले खारेज गरि पाउ भन्दै विद्यालय व्यवस्थापन समितिका २ सदस्यहरु रामहरी कोइराला र सावित्री टण्डनले भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयमा निवेदन दिएपछि विवाद भएको विद्यालयका प्रध्यानाध्यापक मिलन घिमिरेले जानकारी दिनुभयो।
यहि विषयमा विवाद समाधानका लागि आज भएको छलफलमा छनौट समितिले गरेको निर्णय कार्यान्वयन गर्ने भए विद्यालयका हालका प्रध्यानाध्यापक मिलन घिमिरेले राजिनामा दिनुपर्ने भनि अनुचित दबाब दिई राजिनामा दिन लगाएको भन्दै विद्यालयका पूर्व विद्यार्थीहरु विकास ढकाल र सुरज घिमिरेले तालावन्दी गरिदिएका हुन्। विद्यालयको हितका लागि राम्रो शिक्षक ल्याउनु पर्छ भन्ने प्रध्यानाध्यापकलाई विद्यालयका केहि पदाधिकारीले आफ्नो मान्छे ल्याउन छनौट नगरेको झोकमा जबरजस्ती राजिनामा दिन लगाएको विरोधमा आफुहरुले तालावन्दी गरिदिएको विद्यालयका पूर्व विद्यार्थी सुरज घिमिरेले बताउनुभयो। 
यता विद्यालयको हितकै लागि राम्रा शिक्षक ल्याउन खोज्दा आफुलाई जबरजस्ति प्रध्यानाध्यापक पदबाट राजिनामा दिन लगाएको विद्यालयका प्रअ मिलन घिमिरेले बताउनुभयो। ‘विद्यालयको भलो चाहदा मलाई गलहत्याउने काम भयो’ –प्रध्यानाध्यापक घिमिरेले भन्नुभयो।  गत असोज २१ गते शिक्षक छनौट समितिका २ सदस्य ऋषिराम लामिछाने र मिलन घिमिरेले देवचुली नवलपुरबाट सरुवा भै आउन चाहेका शिक्षक राम बहादुर बिश्वकर्मालाई छनौट गरेको र समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकोटा निर्णयमा हस्ताक्षर नै नगरि तटस्थ बसिदिएका थिए।
यसरी शिक्षक छनौट समितिका संयोजक सापकोटा नै तटस्थ बसिदिएपछि निर्णय हुन सकेको थियो। पछि प्रध्यानाध्यापक मिलन घिमिरेले राजिनामा दिनुपर्ने शर्तमा सापकोटाले निर्णयमा हस्ताक्षर गरेका थिए। तत्कालको निर्णयमा विद्यालयको हितका लागि शिक्षक राम बहादुर विश्वकर्मालाई ल्याउदा राम्रो हुने भएकोले आफुले पुस मसान्त भित्र राजिनामा दिन्छु भनेर सहमति गरेको विद्यालयका प्रध्यानाध्यापक घिमिरेले बताउनुभयो। ‘तर अहिले आएर एकाएक मलाई आजै राजिनामा गर्नुपर्छ भनि दबाब दिने काम भयो’ –उहाँले भन्नुभयो। त्यसका लागि आफुले राजिनामा दिने तयारी गर्दा विद्यार्थीहरुले आएर विद्यालयमा ताला लगाउने काम भएको विद्यलायका प्रध्यानाध्यापक मिलन घिमिरेले बताउनुभयो।  
यसैबिच यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकोटासँग कुराकानी गर्दा विद्यालयमा त्यस्तो कुनै विवाद गर्नुपर्ने विषय नभएको बताउनुभयो। शिक्षक छनौटको कुरामा विद्यालयको हितमा हुने गरि नै शिक्षक राम बहादुर विश्वकर्मालाई नै ल्याउन लागिएको र प्रध्यानाध्यापकको राजिनामा सन्दर्भमा ५ वर्ष कार्यकाल पुगेर नै राजिनामा मागिएको उहाँले बताउनुभयो। ‘उहाँको कार्यकाल सकिएको र समितिको बैठकले उहाँलाई नदोहो¥याउने भनेपछि राजिनामा मागिएको हो, त्यसैले यो कुरामा अनावश्यक दबाब दिएको भन्ने, विवाद भएको कुरा गलत हो’ –उहाँले भन्नुभयो।

images
images

खण्डनः यस समाचारमा उल्लेखित बुदाँ ‘छनौट समितिले गरेको सो निर्णय गलत भएकोले खारेज गरि पाउ भन्दै विद्यालय व्यवस्थापन समितिका २ सदस्यहरु रामहरी कोइराला र सावित्री टण्डनले भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयमा निवेदन दिएपछि विवाद भएको’ भन्ने प्रति आफ्नो नाम उल्लेख भएकोमा  सावित्री टण्डनले  आपत्ति प्रकट गर्दै खण्डन गर्नुभएको छ। समाचारमा भनिए झै छनौट समितिले गरेको सो निर्णय गलत भएकोले खारेज गरि पाउ भन्दै भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयमा आफुले निवेदन नदिएको उहाँ (सावित्री टण्डन) ले प्रष्ट पार्नुभएको छ। 

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - २०:०९:१३ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology