Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी

images

इच्छाकामना न्युज

१८, माघ २०७८
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी
images

काठमाडौं, १८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अन्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो । 

खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघले आरोप छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानविन गर्न माग गरिएको छ ।

'अर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गर्दछौं,' संघका अध्यक्ष किरण पौडेलले भने । स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ ।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको बताएका छन् ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १८:५३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology