Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

न्युज कारखाना

१८, माघ २०७८
दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी
images

दिलकुमार लिम्बू, ताप्लेजुङ, १८ माघ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका-५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् ।

images
images

भौगोलिक बनावटका हिसाबले अति दुर्गम गाउँमा पहिलो पटक गाडी पुग्दाखेरी स्थानीय समुदाय हर्षित भएका थिए भने उनीहरूले चालक र सो गाडीमा पुगेकालाई खादा ओढाएर स्वागत गरेका थिए । पुस्तौंदेखि गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले आफ्नै गाउँमा गाडी पुगेको देख्न पाउँदा खुसी लागेको बताए ।

अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सञ्चालन हुने भएको र पापुङका समुदायलाई यातायात सुविधाका लागि राहत पुग्ने भएको शेर्पाले बताए । विगतमा एक दिन पूरै लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी भइहालेमा पनि तत्काल अस्पताल पुर्‍याउनलाई समस्या रहँदै आएको थियो, तर अहिले गाउँमै गाडी पुगेपछि यस्ता समस्याका हल हुने भएको स्थानीय लाक्पाफुटी शेर्पाले बताए ।

'गाडी चढ्नका लागि पाँच घण्टा पैदल हिँडेर मिक्वाखोला गाउँपालिका-४ साँबासम्म पुक्नुपर्थ्याे। तर, अबदेखि आफ्नै गाउँबाट गाडी चढ्न र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुसी भएका छौं,' शेर्पाले भने । 

गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी सडक निर्माणको योजनालाई अघि बढाएको मिक्वाखोला गाउँपालिका-५ का पापुङका वडाध्यक्ष डण्डु लामाले बताए ।

वडाध्यक्ष लामाका अनुसार उक्त सडक गाउँसम्म पुर्‍याउनका लागि गतवर्ष मिक्वाखोला गाउँपालिकाको एक करोड बजेट खर्च भएको थियो । यस्तै चालु आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जालले जोड्ने योजनामा विनियोजित ७० लाख रुपैयाँ बजेट खर्च गरेर गाउँसम्म सडक पुगेको गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङमा नौवटा स्थानीय तह छन् । जसमा ६१ वडा रहेको छ । विगतमा नै ६० वटा वडाहरुमा सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । आइतबार मात्र मिक्वाखोला गाउँपालिका-५ पापुङमा सडक पुगेसँगै ताप्लेजुङको सबै वडामा यातायताको पहँज पुगेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १८:३१:०९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology