Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कारबाट गर्भवती बनेकी १३ वर्षीया नाबालिकाले छोरी जन्माइन्, बलात्कार गर्ने मनिराम थारु पक्राउ

बलात्कारबाट गर्भवती बनेकी १३ वर्षीया नाबालिकाले छोरी जन्माइन्, बलात्कार गर्ने मनिराम थारु पक्राउ

इच्छाकामना न्युज

१८, माघ २०७८
बलात्कारबाट गर्भवती बनेकी १३ वर्षीया नाबालिकाले छोरी जन्माइन्, बलात्कार गर्ने मनिराम थारु पक्राउ
images

बर्दिया, १८ माघ । १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४१ वर्षीय मनिराम थारु छन् । उनले स्थानीय एक १३ वर्षीया नाबालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनले नाबालिका आफ्नो घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई घरभित्रै गत वैशाख २७ गते करणी गरेको प्रहरीले जनाएको छ । घटनाबारे कोही कसैलाई भनेमा मारेर फालिदिने धम्की थारुले नाबालिकालाई दिएको प्रहरीको भनाइ छ ।

आइतबार बालिकालाई एक्कासी पेट दुखेपछि अस्पताल लगेर उपचार गराउने क्रममा बालिका गर्भवती रहेको खुलेको थियो । सोही दिन पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको सूचना पाएलगत्तै प्रहरीले मनिराम थारुलाई पक्राउ गरेको हो ।

थारुलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ भने नाबालिकासहित उनले जन्माएको बच्चालाई सेवा केन्द्रमा राखिएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:५६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology