Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बागमतीमा प्रदेश किताब खाना स्थापनादेखि बहुवर्षीय योजनाको मापदण्ड पारित

बागमतीमा प्रदेश किताब खाना स्थापनादेखि बहुवर्षीय योजनाको मापदण्ड पारित

images

सिआईएन

१८, माघ २०७८
बागमतीमा प्रदेश किताब खाना स्थापनादेखि बहुवर्षीय योजनाको मापदण्ड पारित
images

रविन्द्र वाईबा/रामकृष्ण घोरासाइनी, मकवानपुर, १८ माघ ।  बागमती प्रदेश सरकारले प्रदेश किताब खाना स्थापना गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकार मातहतको कर्मचारीको यकिन विवरण राख्न प्रदेश किताब खाना स्थापना गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले किताब खानाको साङ्गठिन संरचना र कर्मचारीको विवरण तयार पार्ने निर्णय भएको बताउनुभयो ।

यस्तै पहू“चका आधारमा बहुवर्षीय योजनासम्बन्धी निर्णय हुने प्रवृत्ति रोक्न स्रोतको सुनिश्चितता, योजनाको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी बहुवर्षीय योजना मापदण्ड पारित गरेको प्रवक्ता खनालले जानकारी दिनुभएको छ । 

प्रदेश सरकारले स्वदेशी तथा विदेशी निजीक्षेत्रस“गको सहकार्यमा रासायनिक मल कारखाना खोल्ने तयारीस्वरुप छलफल अगाडि बढाउने निर्णय गरेको छ । बैठकले छोरीहरूलाई स्नात्तकोत्तर तहसम्म पढाउने कार्यविधि पारित गरेको छ ।प्रदेश रकारले अवैतनिक सल्लाहकार राख्ने निर्णय गरेको पनि गरेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:२४:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology