Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः कोरोनाकै कारण सर्‍यो गणेश गुरुङको ‘एकल साँझ’

अन्ततः कोरोनाकै कारण सर्‍यो गणेश गुरुङको ‘एकल साँझ’

इच्छाकामना न्युज

१८, माघ २०७८
अन्ततः कोरोनाकै कारण सर्‍यो गणेश गुरुङको ‘एकल साँझ’
images

‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा हुने भनिएको ‘गणेश गुरुङ एकल साँझ’ को मिति सरेको छ । कोरोनाको कारणले गर्दा सार्वजनिक सभा सम्मेलन गर्न नपाउने भन्दै हलहरु बन्द भएपछि एकल साँझ सरेको छ भने कहिले हुन्छ भन्ने मिति भने तय भइनसकेको अवस्था छ । हलहरु नखुलेसम्म यही मितिमा एकल साँझ गर्ने भन्ने निश्चित नभएको गायक गणेश गुरुङले बताए ।

images
images

ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका छन् ।

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

 

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - ०९:०६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology