Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको पुत्ला दोहन, एमालेको भातृसंस्था युवासंघ र अखिलले पुत्ला जलाए

प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको पुत्ला दोहन, एमालेको भातृसंस्था युवासंघ र अखिलले पुत्ला जलाए

images

इच्छाकामना न्युज

१७, माघ २०७८
प्रचण्डको गृह जिल्लामा प्रधानमन्त्रीको पुत्ला दोहन, एमालेको भातृसंस्था युवासंघ र अखिलले पुत्ला जलाए
images

चितवन, १७ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्काे नाराबाजी गर्दै दर्जनभन्दा बढी पुत्ला दहन गरेका छन् । उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको मसाल जुलुस चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले मसाल जुलुस खोस्न खोजे पनि छल्दै उनीहरुले चौबिसकोठीसम्म मसाल बालेका थिए ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरिएको युवा संघ चितवनका संयोजक शंकर अधिकारीले बताए ।

विद्यार्थी तथा युवाहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर, संविधानको रक्षा गर, लोकतन्त्रको रक्षा गर लगायतका नारा लगाउँदै उक्त नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।

कोणसभालाई एमाले चितवनका युवा नेता कमल पाठकले संवोधन गरेका थिए । सो अवसरमा अनेरास्ववियुका केन्द्रीय नेताहरु प्रकाश भट्ट, देव पाठक, युवा संघका केन्द्रीय नेताहरु प्रताप डल्लाकोटी, सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।

 

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - २२:३३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology