Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले दिए पार्टीबाट राजीनामा

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले दिए पार्टीबाट राजीनामा

images

इच्छाकामना न्युज

१६, माघ २०७८
नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले दिए पार्टीबाट राजीनामा
images

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका पुराना नेता इन्द्रबहादुर गुरुङ (आइबी) ले नेपाली कांग्रेसको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएका छन् ।

कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघको सभापति समेत रहेका नेता गुरुङले आदिवासी जनजातिप्रति पार्टीले बेवास्ता गर्दै आएको भन्दै संघको सभापति पदबाट समेत राजीनामा दिएका छन् ।

माघ ११ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

नेपाली कांग्रेसको मूल्य, मान्यता र आदर्शहरुलाई आत्मसात गर्दै २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशी रहेका गुरुङले पार्टीले आदिवासी जनजातिप्रति हेर्ने दृष्टिकोण संकीर्ण बन्दै गएकोमा समेत आपत्ति जनाएका छन् ।

पार्टी महाधिवेसनमा आदिवासी जनजाति संघको तर्फबाट प्रतिनिधि समेत सहभागी हुन नदिएको, आदिवासी जनजातिका चाडपर्व कटौती हुँदा पार्टीले बेवास्ता गरेको लगायतका आरोप लगाउँदै गुरुङले पार्टीले आदिवासी जनजातिलाई सम्बोधन नगर्दा आफूले ज्यान मार्ने धम्की समेत सहनुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘कुनै जातिहरुलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातिय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउदा हामीले सबै जात–जातिहरुलाई समेट्न सकेको अवस्था छैन् जसले गर्दा विभिन्न किसिमको समस्याहरु हामीले व्यहोर्नु परेको अवस्था छ’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘कतिपय आदिवासी जनजातिले ज्यान लिन सक्ने धम्कि समेत मैले सहनुपर्ने अवस्था भएको हुदा र पार्टीले आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्धा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली काँग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट उपगुट समुहमा ध्यान दिने आदि कारणले म आजको मिति देखी नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशिल सदस्यताबाट समेत राजीनामा गर्दछु ।’

पढ्नुहोस राजीनामा पत्रको पूर्ण विवरण–

मिति २०७८ माघ ११ गते
श्रीमान् सभापतिज्यू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यालय
वी।पी। नगर सानेपा, ललितपूर ।

विषय ः राजिनामा सम्बन्धमा ।

नेपाली काँग्रेसको मूल्य, मान्यता र आदर्शहरुलाई आत्मासात गर्दै मैले वि।स। २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशिल रहदै आएको जेलनेल जिवन विताएको स्मरण गराउन चाहन्छु । विगत लामो समयदेखी पार्टीको भातृ संस्था नेपाल आदिवासी जनजाति संघको केन्द्रीय सभापतिको पदमा रही आदिवासी जनजाति समुदायभित्र आफ्नो विवेक र ल्याकतले भ्याए सम्म सक्रिय रहदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपाल आदिवासी जनजाति संघको पुरानो विधान संशोधन गरी संघीय संरचना अनुसार संस्थालाई परिवर्तन गर्नको लागि मिति २०७४ फाल्गुन २७ गते संशोधित विधान चार बर्ष पुग्न लाग्दा पनि आजसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृत नभएको कारणले गर्दा हामीले नेपाल आदिवासी जनजाति संघको महाधिवेशन गर्न पाइरहेका छैनौं ।

त्यस्तै गरी मिति २०७५ बैशाख २० गते आदिवासी जनजातिहरुको साँस्कृतिक चाड पर्वहरुको सार्वजनिक विदा केपी ओलीको सरकारले खारेज गरेकोमा ती चाडपर्वमा दिएको विदाहरुलाई यथावत राख्न काँग्रेसले संसदमा बोली दिनु प¥योे भनि पाँच बुँदे ज्ञापन–पत्र सभापतिज्यूलाई बुझाउदा समेत एक शव्द आजको दिनसम्म नबोल्दा मौन समर्थन गरेको बुझिन्छ साथै बर्तमानमा सभापतिज्यूकै नेतृत्वमा सरकार हँुदा समेत नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउदै आएको सार्वजनिक विदाहरु पुर्नस्थापित नहुदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन् । कुनै जातिहरुलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातिय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउदा हामीले सबै जात–जातिहरुलाई समेट्न सकेको अवस्था छैन् जसले गर्दा विभिन्न किसिमको समस्याहरु हामीले व्यहोर्नु परेको अवस्था छ । कतिपय आदिवासी जनजातिले ज्यान लिन सक्ने धम्कि समेत मैले सहनुपर्ने अवस्था भएको हुदा र पार्टीले आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्धा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली काँग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट उपगुट समुहमा ध्यान दिने आदि कारणले म आजको मिति देखी नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशिल सदस्यताबाट समेत राजीनामा गर्दछु ।

जय नेपाल

श्री इन्द्रबहादुर गुरुङ
सभापति, नेपाल आदिवासी जनजाति संघ
केन्द्रीय कार्यसमिति, काठमाण्डौं

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १३:१७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology