Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग

सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग

न्युज कारखाना

१२, माघ २०७८
सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग
images

प्रकाश पाक्साँवा, तेह्रथुम, १२ माघ । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयाेग प्राप्त भएकाे छ । लिम्बुनी सहाराविहीन रहेकाे खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हाे ।

images
images

ताप्लेजुङकाे पक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ 'नाजम' ले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन् । आ

याक्थुङ लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका लिम्बु लामो समयदेखि दु:खी पीडितलाई सहयोग गर्दै आएको बताउँछन् ।

उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाकाे एउटा एल्बम निकालिसकेका छन् । उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ ।’

श्रीहाङमा अविवाहित नेष्ठ नागरिक हुन् । उनी एक्लै बस्दै आएकी छिन् । 

 

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०९:५४:३४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology