Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण 

सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण 

images

सिआईएन

१२, माघ २०७८
सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण 
images

सजना तिमल्सिना, काठमाडौँ, १२ माघ । सरकारले लिएको ऋणका कारण हरेक नेपालीको भागमा ५२ हजार ऋण परेको छ । नेपालले तिर्न बाँकी यसवर्षको कुल वैदेशिक ऋण ५७ अर्ब २९ करोड ९४ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

त्यो ऋण सरकारले तिर्न नसक्ने अवस्था आए सर्वसाधरण कै थाप्लोमा थपिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३२ दशमलव २ प्रतिशतले घटेर ६४ अर्ब १५ करोड रहेको छ ।

यसमध्ये अनुदान सहायता ६ अर्ब ८५ करोड र ऋण सहायता ५७ अर्ब ३० करोड छ । वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमशः १० दशमलव ७ प्रतिशत र ८९ दशमलव ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता रकम ९४ अर्ब ६६ करोड रहेको थियो । कोरोना महामारीपछि नेपालको ऋण नबढेको अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेले बताउनुभयो ।

कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये एशियाली विकास बैंकबाट ४२ दशमलव ८, विश्व बैंकबाट २९ दशमलव ३ र आई.एफ.ए.डी बाट १८ दशमलव १ प्रतिशत प्राप्त भएको छ । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार एवम् योसँग सम्बन्धित पूर्वाधार निर्माणको लागि प्राप्त भएको छ ।

यसका लागि ३० दशमलव ७ प्रतिशत रकम प्राप्त भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । सो ऋण क्रमिक रुपमा तिर्दै जाने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।वैदेशिक ऋण तिर्ने समय अवधि ऋण दिने देश वा संस्थासँगको सम्झौता अनुसार हुन्छ ।

सरकारले समयमा ऋण तिर्न नसके त्यसबापत थप जरिवाना रकम तिर्नुपर्ने हुन्छ । तर नेपाल सबैभन्दा कम सार्वजनिक ऋण लिने मुलुकको सूचीमा भएको र अहिलेसम्म समयमै सावाँ र व्याज तिरेकोले हरजाना तिनुपर्ने अवस्था भने आएको छैन । 

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०९:५०:५८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology