Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

कोरोनाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

न्युज कारखाना

१२, माघ २०७८
कोरोनाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत
images

हेमन्त केसी, जाजरकोट, १२ माघ । कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत रकम वितरण गरेको हो ।

images
images

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट रुपैयाँ प्रति मृतकका परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

कोभिड-१९ महामारीको समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ले प्रजिअ देवकोटको भनाइ छ ।

राहत वितरण कार्यविधि २०७८ को अनुसुची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको कोभिड-१९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराइएको छ ।

कोरोना संक्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गंगादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठबिर थापा, भेरी–३ की कृण्णा शाह, भेरी–१० का तुलबिर राना, भेरी–४ की लिला नेपाली, भेरी–६ का सरी देवी खड्का, शिवालय–६ का हरिभक्त रोकायसहित १७ जनाको ज्यान गएको थियो ।

कोरना संक्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बाबु गुमाएका नलगाड–४ का सुधन रावलले बताए ।

मृत्यु भएका १७ जनामध्ये १४ जनाले रकम बुझिसकेकाे र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ संक्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । 

जाजरकोटमा कोरोना संक्रमितको संख्या ४४ पुग्यो
जाजरकाेटमा सक्रिय संक्रमितकाे संख्या ४४ पुगेकेा छ । पछिल्लाे पटक मात्र १२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनामा गरिएको स्वाब परीक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिए । 

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०९:२०:३२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology