Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा उखु उत्पादन घट्यो, उखुको विकल्प खोज्दै किसान 

नेपालमा उखु उत्पादन घट्यो, उखुको विकल्प खोज्दै किसान 

images

सिआईएन

११, माघ २०७८
नेपालमा उखु उत्पादन घट्यो, उखुको विकल्प खोज्दै किसान 
images

काठमाण्डौ, ११ माघ । नेपालमा उखु उत्पादनमा झन्डै ४० प्रतिशतले कमी आएको छ । उखुको समयमै भुक्तानि नहुने र उखुमा देखिएका विभिन्न समस्याका कारण नेपालमा उखु उत्पादन घट्न थालेको हो ।

उखु उत्पादक महासङ्घका अनुसार ५ वर्ष अघि नेपालमा झन्डै १ लाखभन्दा बढी उखु खेती गर्ने किसान रहेकोमा त्यो सङ्ख्या झन्डै आधा बढीले घटेको छ । उखु किसानहरूका अनुसार यो वर्ष उखु उत्पादनमा कमी आएको छ ।

महोत्तरी गौशालाका तनुक लाल महतोले यो वर्ष ५० प्रतिशतले उखु उत्पादन घटेको बताउनुभयो भने नवलपरासीका गोपाल यादवले पनि यो वर्ष उखु उत्पादन गर्ने क्षेत्रफल घटाएर उत्पादन गरेको बताउनुभयो । उहाँले उखुमा देखिने विभिन्न समस्याका कारण अब उखु खेतीको विकल्प खोज्न थालेको पनि बताउनुभयो ।

उखु उत्पादनमा कमी आएका कारण यो वर्ष चिनी मिलहरूपनि प्रभावित भएका छन् । सिजनमा ६ महिना चल्ने मिलले उखु नै नपाएका कारण यो वर्ष ४ देखि ५ महिनापनि मुस्किलले चल्ने सर्लाहीका उखु किसान हरिश्याम रायको भनाइ छ । नेपालले अहिले वर्षेनि १५ अर्ब रूपैयाँ भन्दा बढी मूल्यको चिनी विदेशबाट आयात गरिरहेको छ ।

उखुमा देखिएको समस्या समाधनका लागि भने सरकारले ४ प्रकारको उन्नत जातको बिउ सिफारिस गरेको छ भने भुक्तानिको समस्या समाधनका लागि पनि पहल गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताउनुभयो । उखु खेतीप्रति किसानको आकर्षण घट्दै जानु चिन्ताको विषय भएको र उखु खेतीमा किसानलाइ टिकाइराख्न सरकारले विषेश योजना ल्याउनुपर्नेमा विज्ञहरूको जोड छ । 

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०९:४४:१२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology