Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले पोलिटव्युरो सदस्य एवं चितवनका इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक

एमाले पोलिटव्युरो सदस्य एवं चितवनका इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक

images

इच्छाकामना न्युज

११, माघ २०७८
एमाले पोलिटव्युरो सदस्य एवं चितवनका इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक
images

चितवन, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमालेका) पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलाई पितृ शोक परेको छ । नेता ज्ञवालीका पिता बालकृष्ण ज्ञवालीको आज (मंगलबार) विहान २ः१५ बजे निधन भएको हो ।

चितवनको कम्युनिस्ट आन्दोलनका अभिभावक समेत रहनुभएका उहाँको १०१ बर्षको उमेरमा निधन भएको छ । उहाँ २०४३ सालमा जनपक्षिय साविक मंगलपुर ३ बाट गाउँ पन्चायतको वडा सदस्य उम्मेदवार बन्नुभएको थियो । उहाँले लामो समय व्रिटिश शैनिकमा रहेर सेवा प्रदान गर्नुभयो । पर्वतको बिहादी गाँउपालिकामा १९७८ साल भदौं ५ गते जन्मनुभएका स्वर्गिय बालकृष्ण २०३२ सालमा चितवनको भरतपुर ४ लक्ष्मिपुर बसाइसराई गरेर आउनुभएको थियो । उहाँका ३ छोरा २ छोरी हुुनुहुन्छ ।

नेकपा एमालेका विभिन्न अभियानमा उहाँको सक्रिय सहभागिता रहेको थियो । पछिल्लो समय स्वासप्रश्वासको समस्याबाट पीडित उहाँको घरमै राखेर उपचार गरिएको थियो । स्वर्गीय बालकृष्ण ज्ञवालीको आज १२ बजे भरतपुर ४ स्थित शिवघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०८:३८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology