Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बढ्यो संक्रमण, छैन सर्तकता

बढ्यो संक्रमण, छैन सर्तकता

images

इच्छाकामना न्युज

१०, माघ २०७८
बढ्यो संक्रमण, छैन सर्तकता
images

दाङ, १० माघ । कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेकाे बताएका छन् । 

विशेषगरी भिडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकहरूको मास्क लगाउने गरेका छैनन् । जान्ने बुुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिने स्वास्थ्यकर्मीहरू बताउँछन् । 

यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरूलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।  

जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरू परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुरामा सचेत पार्दै आएको उनको भनाइ छ । 

प्रहरी टोलीले घोराहीका विभिन्न क्षेत्रहरू तुलसीपुर चोक, शहिद गेट लगायतका स्थानहरूमा  तपाईंको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ । मास्क नलगाएर हिडेका दर्जनौं नागरिकहरूलाई कोरोना जोखिमको बारेमा बुझाउँदै अटेरी नगर्न र स्वास्थ्यको विशेष ख्याल गर्न सुुझाव दिईने गरिएको छ । 

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:३२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology