Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला

इच्छाकामना न्युज

१०, माघ २०७८
१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला
images

धनकुटा, १० माघ । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेकाे हाे ।

images
images

शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो। 

सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

 

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:२६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology