देवचन्द्र भट्ट, नुवाकोट, १० माघ । नुवाकोटको घलेगाउँमा एक युवतीको शव फेला परेको छ । किस्पाङ गाउँपालिका–४ घलेगाउंमा २७ वर्षिया युवतीको फुर्कु घलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतकका आफन्तले हत्या भएको बताउँदै प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् । युवतीको हत्या गरेको आशंकामा मृतकका छिमेकी ४० वर्षका पुरुषलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।