Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्युत महशुलमा ५० प्रतिशतसम्म सहुलियत, किसान अनभिज्ञ 

विद्युत महशुलमा ५० प्रतिशतसम्म सहुलियत, किसान अनभिज्ञ 

images

इच्छाकामना न्युज

१०, माघ २०७८
विद्युत महशुलमा ५० प्रतिशतसम्म सहुलियत, किसान अनभिज्ञ 
images

सजना तिमल्सिना, काठमाडौँ, १० माघ । किसानलाई विद्युत महशुलमा ५० प्रतिशतसम्म सहुलियत छुट दिइएको भएपनि यसबारेमा धेरै किसान भने जानकार नभएको पाइएको छ । सिँचाइ सुविधा विस्तारका लागि सरकारले विजुली चाहिने किसानलाई महशुलमा सहुलियत दिएको छ । 

आलू, गोलभेंडा र सागको व्यावसायिक खेती गर्दै आउनुभएका काठमाडौँ तार्केश्वरका भक्तिनारायण महर्जनले विजुलीको प्रयोग गरेर पानी तान्नुपर्दा करिव ३ हजार विद्युत महशुल बुझाइरहेको बताउनुभयो । तर उहाँले सरकारले दिएको यो छुटबारे जानकारी नभएको बताउनुभयो । 

सरकारले भने खानेपानी, सिँचाइ, उद्योग लगायत सञ्चालनमा प्रयोग हुने विद्युतको महसुलमा छुट दिएको भन्दै यसले किसानलाई ठूलो राहत मिल्ने बताउँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगले किसानको लागि विद्युत महसुल घटाएको आयोगका सचिव गोकर्णराज पन्तले बताउनुभयो । 

सरकारले किसानका लागि गरेको व्यवस्था किसानले नै थाहा पाएका छैनन् । जसले लक्षित कार्यक्रमको प्रभावकारिता माथि प्रश्न खडा गर्छ । नेपालमा कुल खेति योग्य जमिन मध्ये, हाल ४५ प्रतिशतमा सिँचाई सुविधा पुगको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०९:१६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology