Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन

बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन

images

न्युज कारखाना

१०, माघ २०७८
बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन
images

सीपी लोहिया, बैतडी, १० माघ । बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरकाे मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र  ३८ वर्षीया महना लुहारको  ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । 

अमर बोहराकाे अध्यक्षतामा रहेकाे उपभाेक्ता समितिकाे निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएकाे हाे ।

तर, घटना भने लामाे समयसम्म गुपचुप राखिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिकाे घटनाबारे प्रहरीलाई जानकारी दिइएकाे छैन । 

घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतककाे आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएकाे छ ।  मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०८:३७:३३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology