Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

न्युज कारखाना

६, माघ २०७८
डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै
images

कुलप्रसाद काफ्ले, चितवन,६ पुस । नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ ।

images
images

केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेशन बनाइने भएको छ । स्टेशनको जग खन्नका लागि कामदारहरुले बुधबारदेखि नापजाँको काम सुरु गरेका हुन् । 

एक वर्षभित्र केबलकार निर्माणको काम सकिने मौलाकालिका केबलकारका सञ्चालक चन्द्र ढकालले बताए । बैंक, चन्द्रागिरी हिल्सलगायत विभिन्न क्षेत्रमा लगानी गरेका ढकालले मौलाकालिकामा २०७९ पुस मसान्तसम्ममा केबलकार निर्माणको काम सकिने बताए ।

केबलकार सञ्चालनको लागि अनुमति र स्वीकृति लिनुपर्ने सबै काम सकेर निर्माण कार्य थालिएको उनले बताए । ‘अब हामी तुरुन्तै निर्माणमा जाँदै छौँ । मलाई लाग्छ बढीमा एक वर्षभित्र केबलकार निर्माणसम्पन्न गर्न सक्छौँ’, उनले भने, ‘होटलको लागि चाँहि अलिकति समय लाग्न सक्छ ।’

२०७९ माघे संक्रान्तिमा भक्तजनले केबलकार चढेर मौलाकालिकाको दर्शन गर्न सक्नेगरी काम गरिएको उनले बताए । केबलकार सञ्चालनको लागि मन्दिर नजिक बनाइएको हेलिप्याडमा एउटा स्टेशन र डाँडाको फेदीमा अर्काे स्टेशन हुने छ । 

हेलिप्याडमा बन्ने स्टेशनमाथि स्तरिय होटल र होटलमाथि हेलिप्याड बनाइने उनले बताए । चार तारे क्षमताको होटल बन्ने उनको भनाइ छ । १.३ किमी लम्बाईको हुने केबलकारमा सुरुवाती चरणमा १२ वटा डब्बा राखिने छ । फेदीबाट करिब ७ मिनेटमा केबलकारको माथिल्लो स्टेशनमा पुग्न सकिन्छ । त्यहाँबाट बढीमा ५ मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

केबलकारमा स्थानीयको ४९ प्रतिशत र आफ्नो ५१ प्रतिशत लगानी रहने उनको भनाइ छ  । ‘स्थानीयहरुले लगानी कम्पनी दर्ता गरेर केबलकारमा लगानी गरिरहनुभएको छ । पैसा जम्मा गर्ने काम सुरु भइसक्या छ’, उनले भने । केबलकारमा सुरुमा डेढ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । होटल पनि निर्माण गर्न थप एक वर्ष लाग्न सक्ने उनले बताए ।

मौलाकालिका दर्शन गर्न आउने बृद्धबृद्धा, बालबालिकालगायत अशक्तहरुलाई सहज हुने विश्वास लिइएको छ । ‘केबलकार सञ्चालन भएपछि यहाँको धार्मिक पर्यटनसँगै गैंडाकोट र चितवनको पनि आर्थिक गतिविधि बृद्धि हुने विश्वास छ’, उनले भने । केबलकार चलाउन सामुदायिक वनका एक हजार ३८ वटा रुख काटिएको छ । त्यसको सट्टा बुलिङटारमा रुख रोपिएको उनले बताए ।

केबलकार सञ्चालन भएपछि गैंडाको पर्यटकिय गतिविधि बढ्ने गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए । त्यसको लाभ स्थानीयले लिन पाउने उनी बताउँछन् । केबलकार निर्माण भएपछि मौलाकालिका मन्दिरमा पुग्न तीन वटा बाटो हुने उनले बताए । 

मौलाकालिकाको मन्दिरमा अहिले पैदल र साना सवारी साधन लिएर जान सकिन्छ । पैदलका लागि १८ सय ८२ वटा सिँढी राखिएको छ । मौलाकालिका डाँडाको फेदिमा रहेको मन्दिर प्रवेश द्दारबाट पूर्वतर्फबाट निर्माण गरिएको बाटोहुँदै मोटरसाइकल, कार, जीपलगायतका साना सवारी साधन लिएर पनि मन्दिरमा पुग्न सकिन्छ ।  

पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा पाल्पादेखि मौलाकालिका मन्दिर भएको स्थान हुँदै देवघाटमा स्नान गर्न आउने बाटो थियो । त्यसबेला काठको मौलो गाडेर पुजा गर्ने गरिन्थ्यो । २०३२ सालमा गैंडाकोट निवासी काशीनाथ पौडेल र कुमानसिंह गुरुङले सानो मन्दिर बनाएर वर्षको दुई पटक पुजा गर्न थाले ।

चैते दशैँ र बडा दशैँमा पुजा गर्ने चलन भयो । कृष्णअष्ठमीको दिन मन्दिमा पुजा गर्नका लागि २०३७ सालमा धार्मिक सेवा समिति गठन भयो । त्यसपछि मन्दिरको रेखदेख गर्न पौडेल र गुरुङले समितिलाई जिम्मा दिए ।

२०४२ सालदेखि नियमित पुजा हुन थालेको मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरी रिमालले बताए । मौलाकालिकामा मन्दिरलगायतका पूर्वाधार निर्माणमा स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको ठूलो योगदान रहेको उनले बताए । 

मन्दिर जान इच्छा भएका बृद्धबृद्धाका लागि केबलकार ठूलो सहयोगी बन्न सक्छ । नयाँ वर्षको पहिलो महिना बैशाखमा झण्डै दुई लाख जना भक्तजनले मन्दिरको दर्शन गर्ने उनी बताउँछन् ।

 

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०९:२४:१२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology