Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तराेन्नति हुँदै

डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तराेन्नति हुँदै

images
डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तराेन्नति हुँदै
images

लमजुङ, ५ माघ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । मनाङ र लमजुङलाई राजधानी काठमाडाैं तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेसीसहर–डुम्रे सडक एकमात्रै सडक हो । ४२ किलोमिटर डुम्रे–बेसिशहर सडकखण्डमा दैनिक ५ सयको हारहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् । तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।

पन्तका अनुसार डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) अव ७ मिटरको हुनेछ ।

दायाँबायाँ १/१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकताअनुसार १/१ मिटरको नाली निर्माण हुनेछ । पृथ्वी राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/ १५ मिटरको हुने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, पर्खाल उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आठ दशमलव आठ किलोमिटर सडक ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।

उक्त सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक मर्मत नहुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य थिए । 

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - ०८:५९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology