Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँ अदालतद्वारा बाल विवाहको मुद्दामा शहिद लखन गाउँपालिकाका २ सहित ५ जनालाई कैद र जरीवाना फैसला

तनहुँ अदालतद्वारा बाल विवाहको मुद्दामा शहिद लखन गाउँपालिकाका २ सहित ५ जनालाई कैद र जरीवाना फैसला

images
तनहुँ अदालतद्वारा बाल विवाहको मुद्दामा शहिद लखन गाउँपालिकाका २ सहित ५ जनालाई कैद र जरीवाना फैसला
images

तनहुँ, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरीवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबार इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।
साथै उनीहरुलाई जनही रु पाँच पाँच हजार जरीवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए ।

उहाँका अनुसार गोरखाको शहीद लखन गाउँपालिका(३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरीवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - ०७:५७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology