Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा कर छली गर्ने किराना व्यवसायीलाई जोगाउन व्यवसायी नै लागे

चितवनमा कर छली गर्ने किराना व्यवसायीलाई जोगाउन व्यवसायी नै लागे

चितवनमा कर छली गर्ने किराना व्यवसायीलाई जोगाउन व्यवसायी नै लागे

प्रतिमा कुमाल, चितवन, ३ माघ । चितवनमा कर छली गर्ने किराना व्यवसायीलाई जोगाउन स्वयं व्यवसायीहरुले नै प्रशासनलाई दबाब दिन पसल बन्द गरेका छन् ।

images

समान खरिद गर्दा बिलको प्रयोग नगरी कर छली गर्ने नारायणगढका एक व्यवसायीलाई जोगाउन व्यवसायिक संगठनहरुले यस्तो गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबार गरेको अनुगमनका क्रममा गोर्खाली किराना पसल पुतलीबजारले बिल जारी नगरी लाखौँको कारोबार गरेको भेटियो । तत्कालै प्रशासनले सो पसललाई तीन लाख रुपैयाँसम्म जरिवाना तिराउने आदेश भयो । सोको विरोधमा अहिले भरतपुरको नारायणगढ र चौबिसकोठीका अधिकांश किराना पसलहरु बन्द भएका छन् । चितवन प्रशासन गोर्खाली किराना पसलको गल्ती अक्षम्य भन्दै आएको छ भने व्यवसायीहरु उनलाई छुटाउनु पर्ने दबाब दिँदै आएका छन् ।

किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष ईश्वरीप्रसाद खरालले व्यवसायीलाई प्रशासनले धेरै जरिवाना लगाएको दाबी गरे । उनले भने, ‘अनुगमनको समयमा व्यवसायीलाई पनि सँगै लैजानु पर्दथ्यो । व्यवसायीलाई एकचोटी चेतावनी दिएर छाड्नुपर्नेमा पहिलोपटकमा नै जरिवाना तिराउनु गलत हो ।’

जिल्ला प्रशासन कार्यालय चितवनले सामान्य गल्तीमा पनि चर्को जरिवाना लगाएको भन्दै किराना व्यवसायी पसल बन्द गरि विरोधमा उत्रिएका हुन् । व्यवसायीले चर्को जरिवानाको विरोधस्वरुप दबाब दिन पसल बन्द गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा अनुगमन भएको थियो । केही किराना पसल र पाउरोटी उद्योगहरुमा अनुगमन गरेको थियो । व्यवसायीलाई लगाएको जरिवाना उचित भएको उनको भनाइ छ ।

जिल्ला प्रशासनले थोरैमा पाँच हजार र अवधिमा अधिकतम तीन लाखसम्म जरिवाना गर्ने गरेको छ । प्रशासनले सानो र पहिलोपटकको गल्तीमा पनि चर्को जरिवाना लगाएको व्यवसायीको आपत्ति छ । तर, उनीहरुको गल्ती माफ र चेतावनी दिएर छाड्न सक्ने नरहेको शर्माको भनाइ छ । गल्ती गर्नेहरुलाई विभिन्न व्यवसायिक संगठनहरुले संरक्षण दिँदै जाने हो भने समाजमा अराजकता र दण्डहिनता बढ्दै जाने कतिपयको विचार छ । अर्काेतर्फ प्रशासनले पनि बजार अनुगमनलाई निरन्तरता दिन नसकेको व्यवसायीको आरोप छ । प्रशासनले सस्तो लोकप्रियताको नाममा अनुगमनलाई प्रभावकारी बनाउन नसक्ने र अर्काेतिर व्यवसायीहरुले पनि गल्ती गर्ने व्यवसायीको संरक्षण गर्दे जाने गलत प्रवृत्तिले आमनागरिकहरु कालोबजारीबाट हैरान बन्दै गएका छन् ।

केही दिन अगाडि भरतपुर महानगरपालिका–१० सप्तगण्डकी बहुमुखी वरपरका पसलहरुमा अनुगमन गर्दा त्यहाँका व्यापारीले गोर्खाली किरानाबाट सामान खरिद गरि बिक्री गरेको पुष्टी भएपछि प्रशासनले सो किराना पसलमा अनुगम गरी कारबाही गरेको हो ।

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १८:३६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology