Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा जारी सेन्ट्रल कलेज ए डिभिजन लिगमा सौराहाको कमब्याक जित

चितवनमा जारी सेन्ट्रल कलेज ए डिभिजन लिगमा सौराहाको कमब्याक जित

images
चितवनमा जारी सेन्ट्रल कलेज ए डिभिजन लिगमा सौराहाको कमब्याक जित
images

चितवन, ३ माघ । सञ्जय चौधरीको दुई गोलको मद्दतमा सौराहा युवा समाजले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ ।

आज भएको पहिलो खेलमा सौराहाले बिएफसीविरुद्ध ३–२ को कमब्याक जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बीएफसीका राजन गुरुङ र राज भुसालले एक–एक गोल गरे । खेलमा अग्रता भने बीएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बीएफसीलाई दोहोरो अग्रता दिलाए ।

दुई गोलले पछि पारेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।

दोस्रो हाफमा सौराहाले थप एक गोल ग¥यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको ‘म्यान अफ दि म्याच’ सौराहाका सञ्जय चुनिए । यो हारसँगै बीएफसीको अपराजित यात्रामा टुंगिएको छ । बीएफसी यस अघिका चार खेलमा अपराजित थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले पाँच खेलबाट ९ अंक बनाएको छ । सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर महानगरपालिका–१२ अंकका साथ पहिलो स्थानमा छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागी छन् ।

 

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १८:२९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology