Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमाले चितवनका आधा दर्जन बढी नेताहरुमा कोरोना संक्रमण

नेकपा एमाले चितवनका आधा दर्जन बढी नेताहरुमा कोरोना संक्रमण

images
नेकपा एमाले चितवनका आधा दर्जन बढी नेताहरुमा कोरोना संक्रमण
images

चितवन, १ माघ । एमाले चितवनका आधा दर्जन बढी नेताहरु कोरोना संक्रमित भएका छन् ।

पार्टी स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, प्रदेश कमिटी सचिव विजय सुवेदी, जिल्ला नेताहरु तेजेन्द्र खड्का, दिव्या शर्मा आचार्य र ऋषिकेश रेग्मीलगायतलाई कोरोना संक्रमण पुष्टि भएको एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी संगठन मोर्चा प्रमुख पुरुषोत्तम न्यौपाने लगायतका नेताहरु बिरामी रहेको उनले बताए । अन्य केही नेताहरु रुघाखोकीबाट संक्रमित भएका छन् ।

एमालेले एक साता अघिमात्र जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । सोही अधिवेशनबाट संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला नेतृत्व चयनमा लागि नेताहरु बीच भइरहेको छलफल पनि कोभिडकै कारण स्थगित भएको छ ।चितवनमा पछिल्लो समय कोरोना संक्रमण तीब्र फैलिएको छ ।चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - २२:००:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology