Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो 

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो 

images

सिआईएन

१, माघ २०७८
तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो 
images

उषा तामाङ, सीआईएन, काठमाडाँ, १ माघ । आज माघे सङ्क्रान्ति, आजका दिन विशेष महत्वका साथ तरुल, सखरखण्ड, पिडालु अर्थात कन्दमूल खाइन्छ । नेपालमा कन्दमुलको उत्पादन सन्तोषजनक रहे पनि व्यवसायीहरूका कारण आयात भने रोकिन सकेको छैन । 

पुस सकिँदै गर्दा र माघ लाग्दै गर्दा बजारमा तरुल, सखरखण्ड देख्न पाइन्छ । व्यवसायीहरू भने यस वर्ष कन्दमुलको बिक्री नभएको गुनासो गर्छन् । कालिमाटी फलफुल तरकारी बजार विकास समितिका अनुसार गत वर्ष १५ सय ८१ टन कन्दमुल विक्री भएको थियो । यसवर्ष १३ सय १९ टन तरुल, २ सय ९६ टन पिडाँलु र २ सय २६ टन सखरखण्ड बिक्री गर्ने योजना छ । यसमध्ये ६५ हजारभन्दा धेरै किलो तरुल र ७५ हजार किलो सखरखण्ड भारतबाट आएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । 

कालिमाटी आउनेमध्ये ४६ प्रतिशत सर्लाही र १९ प्रतिशत सुनसरी, धादिङको ७ दशमलव शून्य २ र चितवनबाट १ दशमलव ५ प्रतिशत कन्दमुल छ । नेपाली बजारमा पाइने सखरखण्डमध्ये भारतबाट ५५ प्रतिशतसम्म आयात हुने गरेको छ । 
विशेषगरि माघेसङ्क्रान्तिका दिन खाइने तरुलको माग स्वदेशी उत्पादनले धान्ने अवस्था छ तर पनि व्यवसायीहरूले भारतबाट १० प्रतिशतको हाराहारीमा ल्याउने गरेका छन् । 

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - १०:०५:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology