Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म

एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म

images

इच्छाकामना न्युज

२६, पौष २०७८
एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म
images

धनकुटा, २६ पुस । एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखि क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् ।

यस्तै धनकुटा बहुमुखि क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी, यज्ञप्रकाश चापागाँई र कर्मचारी गोविन्द खत्री जिल्ला सदस्य चयन भएका छन् । 

राई राससको महाप्रबन्धकमा बहाल रहेकै बेला एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् । यता सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका बेला धनकुटामा एमालेले शिक्षक र कर्मचारीलाई जिल्ला सदस्य बनाएको हो । 

पत्रकार महासंघका पदाधिकारी तथा राजनितिक दलमा आवद्ध भएको विषयमा आलोचना भइरहेको छ । 

यस्तै पत्रकार मानवी मोक्तान पनि एमालेको जिल्ला सदस्य बनेकी छन् । मोक्तान रेडियो नेपालमा कार्यरत छिन् । राई र मोक्तान प्रेस चौतारी धनकुटाको तर्फबाट एमाले अधिवेशनको लागि प्रतिनिधि बनेका थिए ।

 

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - २०:२५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology