पर्वत, २६ पुस । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ। नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका पौडेललाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा अध्यक्षको रुपमा घोषणा गरेको हो। पर्वतको महाशिला निवासी पौडेल यस अघि आठौ जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित हनुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, सचिबमा गोविन्द पहाडी, सहसचिबमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित हुनुभएको छ । नबौ महाधिवेशनवाट ९० जनाको जिल्ला कमिटिनै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाईले जानकारी दिनुभयो ।
जिल्लाका सातवटै स्थानीय तहबाट मिलाई सदस्यहरु छनौट गरिएको बताईएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ।