Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेन्ट्रल कलेज ए डिभिजन चितवन जिल्ला लिगमा रामपुर फुटबल क्लब रड्सको पहिलो जित

सेन्ट्रल कलेज ए डिभिजन चितवन जिल्ला लिगमा रामपुर फुटबल क्लब रड्सको पहिलो जित

images

इच्छाकामना न्युज

२५, पौष २०७८
सेन्ट्रल कलेज ए डिभिजन चितवन जिल्ला लिगमा रामपुर फुटबल क्लब रड्सको पहिलो जित
images

चितवन, २५ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्सले पहिलो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३–१ ले पाखा लगायो । रामपुरको जितमा विशाल तामाङ, विशेष तामाङ र समिप ढकालले एक–एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै विशालले गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एस्ट्रलका अभिषेकले बराबरी गोल फर्कायो । पहिलो हाफमा नै रामपुरले फेरि अग्रता लियो । पहिलो हाफा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा विशेषले गोल गर्दै पुनः रामपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा रामपुरले थप एक गोल ग¥यो । ७५ औं मिनेटमा समिपले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे । जितसँगै रामपुरले समूह ‘बी’ मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहीन छ ।

आजकै दोस्रो खेलमा यात्रा ग्रुप भरतपुर र नारायणी एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

लिग विजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछन् ।

 

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:४९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology