Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस चौतारी चितवनको अध्यक्षमा सुवास पण्डित निर्वाचित

प्रेस चौतारी चितवनको अध्यक्षमा सुवास पण्डित निर्वाचित

images

न्युज कारखाना

२५, पौष २०७८
प्रेस चौतारी चितवनको अध्यक्षमा सुवास पण्डित निर्वाचित
images

चितवन, २५ पुस । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित निर्विरोध निर्वाचित भएका छन् । प्रेस चौतारी चितवनको आइतबार भएको सातौँ जिल्ला अधिवेशनबाट पण्डितको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

चौतारीको उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुसाल, सहसचिवमा धु्रबराज खनाल र रविना पौडेल चयन भए । यस्तै, कोषाध्यक्षमा बद्री अर्याल चयन भएका छन् ।

सदस्यहरूमा श्रमिका दवाडी, राजु अधिकारी, सविना लामिछाने, गीता दराई, रामेश्वर रिजाल र लक्ष्मी ढकाल (रेजिना) निर्विरोध चयन भए । त्यसैगरी विनय आचार्य, सुनिल गौतम, मिरा रानाभाट, हिरालाल आचार्य र निरुता विक पनि कार्यसमिति सदस्यमा चयन भएका छन् ।

पदाधिकारीमा एक पदमा दुई भन्दा बढीले आकांक्षा देखाएपछि सर्वसम्मतिबाट नेतृत्व चयनका लागि अध्यक्ष मण्डल बनाइएको थियो । प्रतिमा सिलवालको अध्यक्षतामा राधेश्याम खतिवडा, शिशिर शिंखडा, शालिग्राम नेपाल र हरि पोखरेललगायत सम्मिलित अध्यक्ष मण्डल बनाइएको हो ।

अध्यक्ष मण्डलले जिल्ला कार्यसमितिको अध्यक्षसहितको सदस्यको नामावली घोषणा गरेको हो । त्यसअघि अधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संशोधनसहित पारित भए ।

अधिवेशनले नौं बुँदे प्रस्ताव पनि पारित गरेको छ । कोभिडको संक्रमण जारी नै रहेको र नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम पनि उच्च रहेको वर्तमान अवस्थामा सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दै तत्काल सबैलाई पूर्ण खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

त्यसैगरी श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न, कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका अनलाइन मिडियालाई कानुनको दायरामा ल्याई पत्रकार आचारसंहिताको पूर्ण पालना गराउन र विभिन्न समयमा सञ्चारमाध्यमबाट निष्कासन गरिएका सम्पूर्ण पत्रकारहरूको पुनर्वाहली गर्न पनि माग गरिएको छ । 

चौतारीको अधिवेशनले कोभिडको नाममा श्रमजीवी सञ्चारकर्मीको पारिश्रमिक कटौती गर्ने, पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई पूरा पारिश्रमिकको व्यवस्था गर्न र हरेक सञ्चार संस्थालाई महिलामैत्री वातावरण सिर्जना गरी ३३ प्रतिशत पत्रकार महिलाको सहभागीलाई सुरक्षित गर्न पनि माग गरेको प्रस्ताव लेखनका संयोजक रामबाबु सुवेदीले बताए ।

त्यसैगरी, मूल्यवृद्धि, कालोबजारी, भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहत तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनसँग माग गरिएको उनले बताए । प्रस्ताव लेखनमा सुवेदीसहित नारायणप्रसाद सापकोटा र सविता दराई सहभागी थिए ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:३९:११ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology