Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ

भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ

images

न्युज कारखाना

२५, पौष २०७८
भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ
images

सुधा देव, सप्तरी, २५ पुस । ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाईलाई घेराउ गरेका छन् । बृद्धाभत्ता नपाएको भन्दै कंचनरूप नगरपालिकाका ज्येष्ठ नागरिकले कंचनरूप नगरपालिका घेराउ गरेका हुन् ।

प्रत्येक ४/४ महिनामा पाउनु पर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाई घेराउ गरेपछि मेयर र उपमेयर भागेको स्थानीयले बताए ।

भत्ता आएपछि जाडोको लुगा किन्ने आसमा बसेका जाडो बित्न लाग्दा पनि किन्न नपाएको दुखेसो घेराउमा सहभागी रहेकी पवित्री सदाले बताइन् । उनले भनिन्, 'हामीले समयमा भत्ता पाएको भए यस्तो शितलहरमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो ।'

कतिले मेयर वसन्त मिश्र र उपमेय निरु पोख्रेल चाहिँदैन भन्दै ज्येष्ठ नागरिकले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए । समयमा भत्ता दिन नसक्ने मेयर उपमेयरको राजीनामा समेत माग गरेको स्थानीयले बताए ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:२३:२१ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology