Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’

माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’

images

इच्छाकामना न्युज

२५, पौष २०७८
माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’
images

काठमाडौं, २५ पुस । नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौं महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भयो । 

गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बसे । 

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुली सहितलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् । 

तर, शनिबारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

अध्यक्ष प्रचण्डसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् । 

देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्लाजिल्ला र गाउँगाउँमा पुगिसकेका छन् । 

महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ । 

महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ । 

माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ । 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - ११:१०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology