Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित

images

इच्छाकामना न्युज

२४, पौष २०७८
लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित
images

लमजुङ,२४ पुस । लमजुङमा यसवर्ष अलैंची उत्पादन घटेकाे छ । करिब ८५ प्रतिशत उत्पादन घट्दा ३५ टनमा सीमित भएकाे छ ।  अलैंची विक्रीबाट किसानले ३ करोड ५० लाख आम्दानी गरेका छन् ।

गत वर्ष लमजुङमा ४ सय टन अलैँची उत्पादन भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार गतवर्ष लमजुङका अलैंची किसानले ४ सय टन अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । जिल्लामा खडेरी, सिंचाइको कमी र रोग प्रकोपका कारण यसवर्ष उत्पादनमा भारी गिरावट आएको हो ।

लमजुङमा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिए पनि खडेरी र रोग प्रकोपका कारण ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अलैंची उत्पादन भएको छ । अलैंचीको मूल्य हाल १ हजार १ सय ५० मा बिक्री भएको छ ।

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यावसायिक रुपमा अलैँचीखेती गरिँदै आएको छ ।

जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती गरिँदै आएको छ । जिल्लामा १५ हजार कृषकले व्यवसायीक अलैँची खेती गर्दै आएका छन् ।

 

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - २०:४०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology