Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सहमति हुन नसकेपछि नेकपा एमालेको जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित

सहमति हुन नसकेपछि नेकपा एमालेको जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित

images

इच्छाकामना न्युज

२४, पौष २०७८
सहमति हुन नसकेपछि नेकपा एमालेको जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित
images

चितवन, २४ पुस । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।

अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।

बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।

शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - २०:०८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology