Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लोकगायक राजु परियार सम्मानित

लोकगायक राजु परियार सम्मानित

इच्छाकामना न्युज

२४, पौष २०७८
लोकगायक राजु परियार सम्मानित
images

लमजुङ,२४ पुस । लोकगायक राजु परियार सम्मानित भएका छन् । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

images
images

एमालेको केन्द्रीय उपमहासचिव एवम्ं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन् । लोकलयलाई गायकीका माध्यमबाट नेपाली सांगीतिक आकाशलाई चम्किलो बनाउन सफल, स्थानीय लोक भाकालाई टपक्क टिपेर अन्तरा जडित मुर्छनाबाट गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेद र युगल भावलाई लोक गीतका माध्यमबाट विश्वभर चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

२०३७ जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले अहिलेसम्म  १३ हजार बढी गीतमा स्वर दिइसकेका छन् । गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् । 

 

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - १०:२१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology