Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘गृहमन्त्रीको निर्देशन'मा मध्यरातमा मतदाता नामावली संकलन, विराेधमा एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

‘गृहमन्त्रीको निर्देशन'मा मध्यरातमा मतदाता नामावली संकलन, विराेधमा एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी

इच्छाकामना न्युज

२४, पौष २०७८
‘गृहमन्त्रीको निर्देशन'मा मध्यरातमा मतदाता नामावली संकलन, विराेधमा एमालेले गर्‍याे प्रशासनमा तालाबन्दी
images

बुटवल, २४ पुस । गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो  निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ । 

images
images

बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजेतिर ताला लगाएका हुन् ।

एमाले निकट एक कर्मचारीले दिएको सूचनाका आधारमा एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा  गएको टोलीले ताला लगाएको हो । त्यसक्रममा केही बेर तनाव उत्पन्न भएको थियो । 

बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरु भित्रै थुनिएका थिए । सुरक्षाकर्मीको उपस्थितिमा नामावली संकलन भएको र उक्त काममा गृहमन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताए ।

'केही दिनअघि गृहमन्त्रीले फोन गरेर राति भए पनि नामावली संकलन गर्न र कांग्रेस समर्थक मतदाता र कार्याकर्तालाई नामावलीमा नछुटाउन निर्देशन दिनुभएको थियो, सोही अनुसार हामीले नामावली संकलन गरेका हौं,' ती कर्मचारीले भने ।

मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल-१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य  कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए । एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ । 

करिब एक घण्टा तनावपूर्ण स्थिति देखिएपछि मध्यरातसम्म नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटपलगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठा बन्द गरिएको छ । 

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने इलाका प्रशासन कार्यालयको मतदाता संकलन केन्द्र शुक्रबार भने सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो । एमाले युवा नेता यमराज पाण्डेले प्रहरी निगरानीमै नियमविपरीत मध्यरातमा नामावली भराउने काम भएको र यो सत्ताको चरम दुरुपयोग भएको बताए । तालाबन्दीपछि मतदाता नामावलीमा नाम दर्ताका लागि आएका करिब १५० भन्दा बढीलाई घर फर्काइएको थियो ।

नियन्त्रणमा लिइएका कागजात लगायतका सामग्री कार्यालयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्ने सहमति भएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - १०:०६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology