Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देशभरमा आज जिल्ला अधिवेशन गर्दै एमाले,अध्यक्ष ओलीले उद्घाटन गर्ने

देशभरमा आज जिल्ला अधिवेशन गर्दै एमाले,अध्यक्ष ओलीले उद्घाटन गर्ने

images

इच्छाकामना न्युज

२३, पौष २०७८
देशभरमा आज जिल्ला अधिवेशन गर्दै एमाले,अध्यक्ष ओलीले उद्घाटन गर्ने
images

चितवन, २२ पुस । नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ। यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ। अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न सकिने छैन्।

आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ। सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ। अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ।

एमालेको रोल्पाको अधिवेशन पनि रोकिएको छ। हिजो एमाले जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएकोले त्यहाँको अधिवेशन रोकिएको हो। अधिवेशनको तयारीमै रहेका बेला रोकाको हृदयघातका कारण निधन भएको थियो।

एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको अधिकारीले बताए । मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०८:४८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology