Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना

चितवनमा माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना

images

न्युज कारखाना

२२, पौष २०७८
चितवनमा माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना
images

कुलप्रसाद काफ्ले, चितवन, २२ पुस । माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरि आत्मालोचना गरेका हुन् ।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरि माछा राखेको फ्रिजमा सिल गरेका थिए ।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो । अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो । सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने । समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ । 

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन् । पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजे सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे ।

केहि दिनअघि आफैंले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए । 

sahamati-2.jpg.jpg

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - २१:५३:२३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology